राजविराज, २९ मंसिर–सप्तरीको शम्भुनाथ नगरपालिकामा कुटपिटबाट सोमबार एक व्यक्तिको मृत्यु भएको छ । कुटपिटबाट मृत्यु हुनेमा शम्भुनाथ–८ बस्ने ४० वर्षीय जोगिन्द्र सदा रहेको प्रहरीले जनाएको छ ।
स्थानीय जोगिन्द्र सदा र कल्याणपुर गाविस वडा नं ५ बस्ने ३५ वर्षीय सुन्दर चौधरीबीच झगडा हुदा लठ्ठीको प्रहारबाट जोगिन्द्र गम्भीर घाइते भएको र उनको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी केदार ढकालले बताए ।