नवलपरासी, २९ मंसिर–नवलपरासीको कावासोतीस्थित डन्डामा रहेको युवराज महतोको सङ्हाती टेलर्समा आगलागी हँुदा करिब चार लाख बराबरको क्षति भएको छ ।
त्रिभुवनटार सहकारी संस्थाको सटर भवनमा भाडामा सञ्चालनमा रहेको टेलर्स पसलमा गएराति विद्युत् तार सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि कपडा सिलाउने मेसिन तथा कपडा गरी चार लाख बराबरको क्षति भएको कावासोती इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्थानीय तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस