यसरी भयो ओलीको प्रस्तावमा माधव नेपालको बढुवा

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते १३:१५ मा प्रकाशित

kp-madhavकाठमाण्डु, २७ मंसिर– एमाले स्थायी समितिले महाधिवेशन सकिएको पाँच महिनापछि बल्ल स्थायी समितिमा दुईजना थपिएका छन् ।

मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा नेताद्वय माधवकुमार नेपाल र मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा मनोनयन गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष केपी ओलीको प्रस्तावमा नेपाल र न्यौपाने स्थायी कमिटीमा थपिएका हुन् ।

नेपाल महाधिवेशनका बेला ओलीसँगै अध्यक्षका प्रत्यासी थिए भने न्यौपाने ओलीनिकट मानिन्छन् । स्थायी कमिटीले पूर्णता पाउन अझै चारजना थपिनुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us