सभासदको मोबाइलमा म्यासेज, ‘तपाईं संविधान निर्माणमा लाग्नुभएको छ त ?’

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ११:५८ मा प्रकाशित

mobile smsकाठमाण्डु, २६ मंसिर– एमाले सम्बद्ध अनेरास्ववियुले समयमै संविधान जारी गर्न आग्रह गर्दै सभासदलाई मोबाइलमा एसएमएस पठाउन सुरु गरेको छ ।

संविधान जारी गर्ने समयसीमा माघ ८ आउन डेढ महिनाभन्दा कम समय बाँकी रहेका बेला विद्यार्थीले एसएमएस पठाएर सभासदलाई खबरदारी गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनसम्म संविधानसभाका ६ सय १ सदस्यलाई समयमै संविधान जारी गर्न आग्रग गर्दै एसएमएस पठाउन सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार सभासदहरुलाई ‘सभासदज्यू नमस्कार, तपाईं संविधान निर्माणमा लाग्नुभएको छ ? माघ ८ माघ संविधान आउँछ त ?’ भन्ने एसएमएस पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us