महोत्तरी, २६ मंसिर–महोत्तरीको मटिहानीमा सशस्त्र भारतीय फौज एसएसबीको आक्रमणमा दुई दर्जन बढी नेपाली घाइते भएका छन् ।
हतियारसहित नेपाल पसेका एसएसबीको फौजले नेपालीमाथि अन्धाधुन्द लाठी चार्ज गरेको हो ।
बिहारको मधुवनी जिल्लाअन्तर्गत मधवापुरमा भारतीय एसएसबीका महिला जवानलाई केही भारतीयले नै जिस्काएर नेपालतिर भागेपछि उनीहरुलाई खोज्दै आएको एसएसबीले नेपालीमाथि आक्रमण गरेको हो ।
घाइते हुनेमा स्थानीय राजुप्रसाद गुप्ता, गणेश चौधरी, राकेश यादव, शिवा साह र उर्मिला देवीलगायत झण्डै ३० जना घाइते भएका छन् ।
घाइतेहरुको टाउको र अनुहारसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरबाट गएका सशस्त्र प्रहरी भारतीय एसएसबीका अगाडि नतमस्तक देखिएका थिए ।