शान्तिका लागि १५ वर्षसम्म मौनधारण !

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ९:१७ मा प्रकाशित

बेनी, २६ मंसिर– एक व्यक्ति निरन्तर १५ वर्षसम्म मौनव्रत बस्दै आएका छन् ।

जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि  मौनव्रत बस्दै आएका हुन् । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको दैनिकीमा लेखेर उनले जानकारी दिए ।

विश्व कल्याणको कामनासहित फलाहार बसेर दैनिक ‘श्रीमद्भागवत’, ‘गीता’, ‘महाभारत’लगायत धार्मिक ग्रन्थको पाठपारायण गर्दै आउनुभएका मङ्गलाघाटमा भेटिनुभएका रामानन्दले  लेखेर बताए ।

विश्वमै शान्ति कायम नहुन्जेल म  अन्न पनि सेवन गर्दिन, मौनव्रत पनि छाड्दिन –उनले दैनिकिमा लेखे ।

पन्ध्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत स्थानबाट आफूलाई दैनिकजसो भेट्न आउने गरेको पनि उनले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us