रक्सीले मातेर हत्या गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ९:१० मा प्रकाशित

चरिकोट, २६ मंसिर–एक व्यक्तिले रक्सी खाएको सुरमा वृद्धा दम्पतीलाई हत्या गरेको स्वीकारेका छन् ।

दोलखाको उत्तरी मार्बु गाविस– ४ का ६२ वर्षीय नारायणबहादुर गुरुङ र उनकी श्रीमती ६३ वर्षीया प्रेमकुमारीलाई हत्या भएको थियो । हत्याको आरोपमा मार्बु– ८ का २८ वर्षीय पदमबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने ५०वर्षीय सार्की भनिने श्याम श्रेष्ठलाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत गरी सार्वजनिक गरिएको हो ।

दम्पतीको यही मङ्सिर २० गते हत्या भएको थियो । अभियुक्त दुई जनालाई थप अनुसन्धान गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउने प्रहरीको भनाइ  छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us