बलात्कार गर्न खोज्नेको लिंग ब्लेडले च्वाट्टै

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ३:०४ मा प्रकाशित

सिरहा, २६ मंसिर– सिरहामा महिलामाथि जबरजस्ती करणी गर्न खोज्ने एक युवकको लिंग काटिएको छ ।

स्थानीय एक महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने २३ वर्षीय बिल्टु मुखियाको लिंग काटिएको हो ।

उनले भवानीपुर– ६ मा खाजा पसल सञ्चालन गर्दै आएका एक महिलालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुया“लका अनुसार करणी गर्न खोज्ने पुरुषको लिंग ती महिलाले ब्लेडले काटी दिएकी हुन् ।

मुखियाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us