नुवाकोट, २४ मंसिर – गोरखाकी एक युवतीको नुवाकोटको सुनखानीमा हत्या भएको छ । गोरखा जिल्ला थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङको मङ्गलबार राति नुवाकोटको सुनखानी गाविस–७ छहरे–टोखा सडकखण्ड नजिकै चाँपे वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा गणेशस्थान गाविस–४ का २५ वर्षीया अजय ढकाललाई स्थानीयको सहयोगमा प्रहरीले गएराति नै पक्राउ गरेको छ ।
गुरुङलाई हिजो साँझ ढकालले मोटरसकाइलमा सुनखानीको जङ्गलमा ल्याई हत्या गरेको प्रहरीले जनाएको छ । ढकाललाई बा६४प २२३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ । हत्या गरिएकी महिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत थिइन्भ ।
सुरक्षा, हिंसा र आम नागरिकको गतिविधीका विषयमा उनले सुचना संकलन गरी माथिल्लो निकायलाई जानकारी गराउने गर्थिन् ।
दुईबीच प्रेमसम्बन्ध रहेको बुझिएको छ । काठमाडौंबाट मंगलबार बिहान बा.६४.प २२३ नम्बरको मोटरसाईकलमा टोखा छहरे सडक हुँदै दुवै जना घुम्न आएको बताइएकाे छ ।
बेलुकी र्फकने समयमा सुनखानीको सिस्नेरीको ठूलो पहिरो जंगल छेउको सडकमा रिता र ढकालका विच एक आपसमा विवाद वढेपछि ढकालले रिताको हत्या गरेको स्थानीयवासीहरुले बताए । मुखवाट रगत वगेको र सलले रुखको बुटाम बाँधेको अवस्थामा रिताको शव भेटिएको छ । रिताको हत्या गरि फरार हुन लागेका ढकाललाई स्थानीयवासीले नै पक्राउ गरि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी नायव उपरिक्षक अरुण पौडेलले घुम्न आएका दुई जना विच भनाभन भएपछि रिताको हत्या भएको बताए । उनले घटनाको छानविन भइरहेको बताए ।