
नेपालगञ्ज– २४ मंसिर– पत्निलाई यातना दिएको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँके कोहलपुरका लोकेन्द्र गिरी छन् । उनी आन्तरिक राजश्व कार्यालयका कर्मचारी हुन् ।
आफूलाई चरम शारीरिक र मानसिक यातना दिने गरेको भन्दै पत्नि ४५ वर्षीय तारादेवी देवकोटाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले गिरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लगातारको यातनाका कारण तारादेवीलाई घरपरिवारबाटै विस्थापित भएकी थिइन् ।