काठमाण्डु, २३ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफनै कर्मचारीमाथि पनि भ्रष्टाचार छानबिन गर्ने भएको छ ।
मंगलबार राजधानीमा भएको एक कार्यक्रममा अख्तियार प्रवक्ता श्रीधर सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा आवश्यक परे आफ्नै कर्मचारीलाई पनि छानबिनको दायरमा ल्याइने बताए । उनले अख्तियारका कर्मचारी पनि शतप्रतिशत चोखा नरहेको खुलासा गरे ।
सापकोटाले भ्रष्टाचार नियन्त्रणमा अख्तियारले सरकारसँग मिलेर काम गरिरहेको भन्दै जनताका सेवा सुविधालाई उत्तरदायी र प्रभावकारी बनाउने आफूहरुको उद्देश्य रहेको जनाए ।
पछिल्लो तथ्याङ्कले नेपालमा भ्रष्टाचार बढेको देखिएको भन्दै उनले त्यसविरुद्ध सुशासनका पक्षपाती एकजुट हुनुपर्ने औंल्याए ।