काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत रणजित रायले आज भेटवार्ता गरेका छन् ।

खनाल निवास डल्लुमा भएको सो भेटका क्रममा नेता खनालले नयाँ संविधान आगामी माघ ८ गते नै जारी गर्नका लागि संवाद जारी रहेको भन्दै मुलुक सहमतिमै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले तोकिएकै समयमा सहमतीय प्रक्रियाबाट संविधान जारी गरी मुलुकलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको दिशामा जति सक्दो चाँडो लैजान एमाले प्रतिबद्ध रहेको विचार समेत राजदुत समक्ष व्यक्त गरेका थिए ।
राजदूत रायले पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण एवम् आपसी हित र चासोको विषयमा जिज्ञासा राखेको खनालको निजी सचिवालयले जनाएको छ ।