बाढीपीडितका लागि अस्थायी घर

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ६:५२ मा प्रकाशित

बर्दिया, २३ मंसिर– शीतलहरबाट बच्नका लागि बाढीपीडितका लागि कम खर्चमा अस्थायी घर निर्माण गरिएको छ ।

बेस बर्दियाले बाढीबाट घरबारविहीन भई त्रिपालमुनि बसिरहेका १३५ घरपरिवारलाई त्रिपाल, बाँस र दैनिक ज्याला दिई घर निर्माणमा सहयोग गरेको हो ।

प्रति घरपरिवारलाई रु एक हजार ५०० बराबरको बाँस र डोरीका साथै घर बनाउनका लागि आवश्यक सामग्री तथा प्रतिदिन रु ३६० का दरले १३ दिनको ज्याला उपलब्ध गराइएको बेस बर्दियाका अध्यक्ष विष्णु चौधरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us