काठमाण्डु, २२ मंसिर– काठमाण्डुमा एक युवाले आफ्नी ८५ वर्षीया हजुरआमाको घाँटी रेटेर विभत्स हत्या गरेका छन् ।
काभ्रेको ताउखल–३ घर भई डल्लु डेरा गरी बस्ने ८६ वर्षीया दामु तामाङको उनकै १९ वर्षीय नाति छिरिङले सोमबार दिउँसो घाँटी रेटी हत्या गरेका हुन् ।
डेरामा कोही नभएको मौका छोपेर छिरिङले दिउँसो एक बजेतिर हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
छिरिङले खाटलाई अचानो बनाएर हजुरआमाको घाँटी छिनाएको महानगरीय प्रहरी परिसर हनुमानढाकाले जनाएको छ । छिरिङ दामुका कान्छी छोरीका छोरा हुन् । घटनालगत्तै प्रहरीले उनलाई डेराबाटै पक्रेको छ ।
उनले हजुरआमाले आफूलाई घुरेर हेर्ने गरेकाले दिक्क भएर हत्या गरेको बयान प्रहरीमा दिएका छन् ।