मकवानपुरमा फेरि गाडी दुर्घटना, पाँचको मृत्यु
काठमाण्डु टुडे
२०७१ मंसिर २२ गते ९:१२ मा प्रकाशित
मकवानपुर, २२ मंसिर- मकवानपुरको सिस्नेरीमा अाज टाटासुमो जिप दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ, अन्य ५ जना घाइते भएका छन् ।
काठमाडौंबाट मकवानपुरतर्फ आइरहेको ना १ ज २४६७ नम्बरको जिप सडकबाट खसेर दुर्घटना भएको हो । सिस्नेरी ५ को घुम्तिमा सडकबाट करिब डेढ सय फिट तल खसेको थियो । मृतकहरुको सनाखत भएको छैन ।घाइतेहरुलाई उपचारका लागि काठमाण्डु पठाइएको छ ।