सुर्खेत दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते ४:०९ मा प्रकाशित

सुर्खेत, २२ मंसिर– सुर्खेतको पोखरीकाँडामा आइतबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

४८ जना घाइते छन् । घाइतेको सरकारी सहित जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मृतकमध्ये बस चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, बाजुरा गोत्रिका ५० वर्षीय मुनराज विष्ट र सोही ठाउँका ४० वर्षीय पंखे सार्कीको मात्र सनाखत भएको प्रहरीले जनाएका छ ।

घाइते ४० जनाको सुर्खेतमा, ८ जनाको कोहलपुर मेडिकल कलेजमा र एक जनाको नेपालगमा उपचार भइरहेको छ ।

कालिकोटबाट कैलालीको टिकापुर जाँदै गरेको ना ४ ख ६८५७ नम्बरको रात्रिबस आइतार साँझ साढे ६ बजेतिर पोखरीकाँडा–९ स्थित कालेखोलामा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका निरीक्षक कर्णबहादुर चन्दले क्षमताभन्दा बढी यात्रु बोकेका कारण चालकले घुम्तीमा मोड्न नसक्दा बस सडकबाट भीरमा खसेको बताए ।  उनका अनुसार बसमा ६७ जना सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us