काठमाण्डु, २१ मंसिर– जिप दुर्घटनामा गम्भीर घाइते भएका काँग्रेस सभासद हरिबहादुर खड्काको निधन भएको छ ।
उनको बाँसबारीस्थित न्यू रो अस्पतालमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो ।
ग १ झ २२४ नम्बरको जिप बागलुङको भकुन्डे– ९ कमिरेमा बुधबार दुर्घटना हुँदा खड्का गम्भीर घाइते भएका थिए ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा बाग्लुङ गएका बेला जीप दुर्घटनामा घाइते भएका थिए ।
सभासद् खड्काको टाउको र नाकमा गहिरो चोट लागेको छ । खड्का बाग्लुङ–१ बाट दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।