संविधानसभा विघटनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते १५:०८ मा प्रकाशित

unnamedकाठमाण्डु, २१ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीकोले वर्तमान संविधानसभा विघटनको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।

माओवादी निकट जनसमितिले सरकारी निवास बालुवाटारमा भेटेर आइतबार प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेतृ पम्फा भुसाल नेतृत्वमा गएकाहरुले बुझाएको ज्ञापनपत्रमा संविधानसभा विघटन गरी सर्वपक्षी राजनीतिक सभा गठनको माग गरिएको छ ।

संविधानसभाबाट संघीय गणतन्त्रको संविधान बन्न नसक्ने निश्चित भएकाले संविधानसभा विघटनको माग गरेर ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिए ।

यस्तै ज्ञापनपत्रमा जनयुद्धकालिन मुद्दा खारेजी, दोस्रो संविधानसभा निर्वाचन बहिस्कारका क्रममा पक्राउ परेकाको रिहाई, बेपत्ता नागरिकको अवस्था सार्वजनिक गरिनुपर्ने लगायतका माग समेटिएको छ ।

माग पूरा नभए कडा संघर्षमा उत्रने चेतावनी उनीहरुको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us