गोरखा, २० मंसिर– कर्मकाण्डमा विश्वास नगर्ने माक्र्सवादी दर्शन बोकेका एमाओवादी नेता बाबुराम भट्टराईले पिता भोजप्रसादको ८४ पूजा गरेका छन् ।
उनले गोरखा खोप्लाङ–४ बेलबासस्थित पुख्र्यौली घरमा शनिबार चौरासी पूजा लगाएका हुन् । बाबुराम आफैंले पूजा गरेका थिए ।
उनले १२ जना ब्रह्माणहरुबाट एकाहा महापुराणको पाठसमेत सुने । बाबुको चौरासी पूजामा सहभागी हुन बाबुराम पत्नि हिसिला यमीका साथ गोरखा पुगेका थिए ।