कञ्चनपुर, २० मंसिर– कञ्चनपुरको चाँदनीमा शिकारीले गोली हानेर मारेको अवस्थामा अति दुर्लभ चरी बाघ फेला परेको छ ।
चाँदनी–९ स्थित मलेरिया नाला नजिक स्थानीयको खेतमा आज बाघ मृत अवस्था फेला परेको शुक्लाफाँटा वन्यजन्तु आरक्षको दोधारा चाँदनी पोस्टका इन्चार्ज अर्जुनदेव जोशीले बताए ।
बाघको घाँटीमा गोली लागेको अवस्थामा भेटिएको उनले जानकारी दिए । आरक्षबाट खोलामा आएको समयमा शिकारीले बाघलाई गोली हानेको हुन सक्ने उनले बताए ।
स्थानीयले खोलामा बाघ मरेको देखेपछि आरक्ष कार्यालयमा खबर गरेका थिए । स्थानीय रमेशसिंह भण्डारीले बिहान बालबालिकाले बाघ मरेको देखेको बताएपछि प्रहरीलाई जानकारी दिएको बताए ।