प्रहरीद्वारा गाँजा र अफिम नष्ट

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ५:५६ मा प्रकाशित

हेटौंडा, २० मंसिर– मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने १२ गाविसमा स्थानीय कृषकले लगाएको अवैध गाँजा र अफिमखेती प्रहरीको विशेष टोलीले आज बिहान नष्ट गरेको छ ।

 

एक सय ७० बिघामा लगाइएको गाँजा र १० कट्ठामा लगाएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

ती गाविसमा लगाइएको गाँजा र अफिम नष्ट गर्न प्रहरीका १० टोली यही मंसिर मसान्तसम्मलाई खटाइएको प्रहरी नायब उपरीक्षक दीपक थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us