तीर्थालु सवार बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ४:५३ मा प्रकाशित

नुवाकोट, २० मंसिर– नुवाकोटको सुन्दरादेवी गाविसमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रबिसेका ३५ वर्षीय गोपाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुप्चेश्चरबाट तीर्थालु बोकेर बट्टारतर्फ आउँदै गरेको बा २ ख २८८९ नम्बरकाे बसले सुन्दरादेवी– १ चैतेचोकमा शनिबार बिहान ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

घटनाको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएपछि दुप्चेमेलाबाट फर्किएका र मेला भर्न जाँदै गरेका तीर्थालु बीचैमा अलपत्र परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us