
काठमाण्डु, १९ मंसिर– नब्बेको दशककी अभिनेत्री ममता कुलकर्णीको जीवनीमा आधारित फिल्ममा सन्नी लियोन अभिनय गर्दैछिन ।
मिड डे नामक अखबारका अनुसार ममताको जीवनीमा फोटोग्राफर जयेश सेठ फिल्म बनाउने योजनामा छन् । उनले प्रमुख भूमिकाको लागि सन्नी लियोनलाई छानेका छन् ।
जयेश सेठले भने ‘ममता र सन्नीको अनुहारमा धेरै कुराको समनता रहेको छ, दुवै जना निर्दाेष पनि देखिन्छन् र धरै ग्ल्यामरस पनि ।’
जयेश उही फोटोग्राफर हुन जसले ९० को दशकमा एक पत्रिकाका लागि ममताको टपलैस फोटो खिचेका थिए ।
अहिले ममता र कुलकर्णी र उनका पति ड्रक्स तस्करीमा सहभागी भएको आरोपमा हिरासतमा रहेका छन् । ममताले आशिक, आवारा, सबसे बडा खिलाडी, बाजी र क्रान्तिवीर जस्ता चलचित्रमा अभिनय गरेकी थिइन् ।