प्रियंका भइन् एसियाकै सेक्सी महिला !

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ११:१३ मा प्रकाशित

काठमाण्डु– बलिउड अभिनेत्री प्रियंका चोपडालाई एसियाकै सबैभन्दा कामुक महिला घोषणा गरिएको छ । बेलायतको ‘इस्ट्रन आइ’ साप्ताहिक पत्रिकाले गरेको वार्षिक सर्वेक्षणले प्रियंकालाई सबैभन्दा सेक्सी महिलाको उपाधि दिएको हो ।

priyanka 1
३२ वर्षे अभिनेत्री प्रियंकालाई बिहीबार उक्त साप्ताहिकले यस्तो उपाधि दिएको हो । अघिल्लो वर्ष बलिउडकै अर्की अभिनेत्री कट्रिना कैफलाई यस्तो उपाधि दिइएको थियो । तर यसपटकको प्रतिस्पर्धामा कैफ चौथों स्थानमा पुगेकी छिन् ।
यस पटक सेक्सी महिलाको दोस्रो स्थानमा चर्चित टेलिभिजन प्रस्तोता द्रष्टी धामी चुनिएकी छिन् भने तेस्रो स्थानमा पनि टेलिभिजन अभिनेत्री सानया इरानी आएकी छिन् ।

priyanka 2
उपाधि पाएको समाचार सुनेपछि प्रियंकाले आफूलाई नै यस्तो उपाधि किन दिइयो भन्ने थाहा नभएको भन्दै भनेकी छिन्, ‘तर म यो उपाधि स्वीकार्न चाहन्छु । ‘इस्ट्रन आइ कामुक महिला’ उपाधि पाएकोमा म खुशी छु । खासमा यो सार्वजनिक मत सर्वेक्षणबाट भएको भन्ने कुरा मेरा लागि झन् विशेष हो ।’
प्रियंकाले आफूलाई भोट दिने सबैलाई धन्यवाद पनि दिएकी छिन् । उक्त पत्रिकाका सम्पादक तथा निर्णायक समितिका प्रमुख असजद नाजिरले यो उपाधिले भारतका लागि महत्वपूर्ण अन्तराष्ट्रिय छवि बनेको प्रतिक्रिया दिएका छन् ।

यस वर्षको उपाधिका लागि संसारभरिका महिलाहरु प्रतिस्पर्धामा थिए । करोडभन्दा बढी व्यक्तिले भोटिङ गरेका थिए । दीपिका पादुकोन छैठौं स्थानमा आएकी थिइन् भने आठौंमा करिना कपुर र नवौंमा सोनम कपुर । सबैभन्दा उमेर ढल्केकी महिलामा ४७ वर्षे माधुरी दिक्षित पनि यस प्रतिस्पर्धाको २८ औं स्थानमा चुनिएकी थिइन् ।
सो पत्रिकाले आउँदो साता ५० सबैभन्दा कामुक पुरुषहरुको सूची सार्वजनिक गर्ने भएको छ ।

Priyanka-Chopara

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us