
काठमाण्डु, १८ मंसिर–मलेसियामा बसेर अपराधिक क्रियाकलाप गर्दै आएका भारतीय नागरिक रामदीप सिंहले नेपालबाट एकैदिन दुई वटा नागरिकता लिएको पुष्टि भएको छ । सिंहले ०६३ मा नागरिकता टोलीबाट एकै दिन दुई छुट्टाछुट्टै नागरिकता लिएको खुलेको हो ।
सिंहले नेपाली नागरिकता लिएको पुष्टि भएपछि गृह मन्त्रालयले दुवै नागरिकता रद्द गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सिंहले लिएको नागरिकता रद्द गरी नागरिकता दिने व्यक्ति र कर्मचारीमाथि छानबिन थालिएको बताए ।
गृह स्रोतका अनुसार नेपाली नागरिकताकै आधामा पासपोर्ट बनाएर सिंह मलेसिया पुगी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका थिए ।
नयाँ पत्रिका दैनिकबाट