जहाँ महिलाले गाडी चलाउनु अपराध मानिन्छ…

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १३:१६ मा प्रकाशित

muslim womanएजेन्सी– साउदी अरबमा गाडी चलाएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

लौजैन हाथलुल नाम गरेकी २५ वर्षीया ती युवतीलाई कानुनी प्रतिबन्ध तोडेर गाडी चलाएको आरोपमा पक्राउ गरिएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट गाडी लिएर साउदीको सीमा क्षेत्र प्रवेश गर्ने बित्तिकै उनी पक्राउ परेकी थिइन् ।

ती महिलाले यूएईबाट सवारी चालक अनुमतिपत्र लिएकी थिइन् । एएफपीले जनाएअनुसार हाथलुललाई प्रहरीले करिब २४ घण्टासम्म सीमा क्षेत्रमै नियन्त्रणमा लिएको थियो ।

उनको रिहाइको पहल गर्न गएकी पत्रकार मेउसा आलामोउडीलाई समेत प्रहरीले उल्टै पक्राउ गरेको छ । उनीहरु दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

साउदी कानुनले महिलालाई गाडी चलाउन प्रतिबन्ध लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us