ओबामा पुत्रीको उत्ताउलो पोशाकबारे फेसबुकमा लेख्नेको जागिर चट

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १०:१७ मा प्रकाशित

sasaएजेन्सी– राष्ट्रपति बाराक ओबामा पुत्रीको पोशाकबारे फेसबुकमा कमेन्ट लेख्ने एक अमेरिकी संसदकी सहयोगीले राजीनामा दिएकी छन् ।

ओबामा पुत्रीको पोशाककै कारण पदबाट राजीनामा महिलाको नाम इलिजाबेथ लाउटेन रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

उनी अमेरिकी कँग्रेसको तल्लो सदन स्टेफेन फिञ्चरकी सञ्चार निर्देशक रहेको बताइएको छ । ओबामा पुत्रीको उत्ताउलो पोशाकका बारेमा उनले आक्रोशपूर्ण स्टाटस पोष्ट गरेकी थिइन् ।

ओबामा पुत्रीहरु सासा र मालियाले छोटो स्कर्ट लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएकामा उनको आपत्ति थियो ।

उनीहरुको व्यवहारले ह्वाइट हाउसको इज्जत नराखेको टिप्पणी गरेकी थिइन् । यद्यपि फेसबुकमा उक्त स्टाटसलाई लिएर उनको चर्को विरोध भएको थियो । त्यसबारेमा उनले केही दिनअघि माफीसमेत मागेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us