बिहे भोजमा रक्सी भन्दै स्प्रिट खुवाएपछि जन्ती सोत्तर

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते २:२८ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– छिमेकी गाउँको बिहेमा भाँडा माझ्न गएका महिलाले रक्सी ठानी ल्याएको स्प्रिट गाउँको बिहेभोजमा खुवाउँदा तातापानी– ३, थामीगाउँमा सोमबार तीन महिलाको मृत्यु भएको छ ।

घटनामा ५० भन्दा बढी बिरामी छन् । एकको अवस्था सिकिस्त छ । स्प्रिट पिउने अधिकांश बालबालिका, महिला तथा वृद्दवृद्दा र छन् ।

बाह्रबिसे इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मन्जिल मुकारुङका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया धनमाया थामी, ४६ वर्षीया सोममाया थामी र ६२ वर्षीया चर्कुली थामी छन् ।

उनीहरु सबैले आइतबार दिउँसो स्प्रिट (टेबुल, दराजलगायत सफा गर्ने पदार्थ)  सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मुकारुङले बताए ।
नागरिक दैनिकबकाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us