काठमाण्डु, १५ मंसिर– काठमाण्डु जिल्ला बालमन्दिरका तीन बालिकालाई बलात्कार गर्ने दुई जनालाई १६ वर्ष कैद फैसला सुनाएको छ ।
न्यायाधीश पशुपति आचार्यको एकल इजलासले सोमबार अभियुक्तद्वय रवीन चालिसे र रवीन श्रेष्ठलाई १६ वर्ष कैदको फैसला सुनाएको हो । फैसलामा पीडित बालिकालाई पीडकका तर्फबाट जनही एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि भनिएको छ ।
बालमन्दिरका विद्यार्थी संगठन अध्यक्ष चालिसे र परियोजना प्रमुख श्रेष्ठले अपसी मिलमतोमा १६ बर्षभन्दा मुनिका सुस्त मनस्थितिका तीन बालिकालाइ निरन्तर बलत्कार गर्दै आएका थिए ।
दुवैलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’ गत जेठमा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुले अश्लिल भिडियो देखाएर बाथरुम र लाइब्रेरीमा पटकपटक बलात्कार गरेको खुलेको थियो ।