जाजरकोट, १३ मंसिर– जाजरकोटको भेरी नदीमा बस खस्दा हराएका मध्ये थप चारजनाको शव शनिबार भेटिएको छ ।
योसँगै दुर्घटनाामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । भेरीमा हराइरहेका लहँ– २ का कर्णबहादुर खड्का र छोरा विपिन, ढीमे १ का कालिका मल्ल र चालक लक्ष्मण चौधरीको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक परशुराम मल्लले खड्काको घटना स्थलदेखि १० किलोमिटर तल, उनका छोरा विपिनको सल्यानको बामेमा, मल्लको राकम–९ सुर्खेतमा र चालक चौधरीको घटना स्थलदेखि ७ किलोमिर तल नदी छेउमा शव फेला परेको जानकारी दिए ।
जाजरकोटको खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना ३ ख १४०८ नम्बरको बस विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको ट्रयाक्टरलाई जोगाउने क्रममा छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत भुर गाविसको भुरचौरबाट गत मंसिर ४ गते भेरी नदीमा खसेको थियो ।