टिभीमा बिहेको प्रत्यक्ष प्रसारण गरेको आरोपमा बीना मल्लिकलाई २६ वर्ष जेल

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ८:५२ मा प्रकाशित

bina mallikएजेन्सी– पाकिस्तानी नायिका बीना मल्लिकलाई २६ वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको जियो टिभीमा बिहेको प्रत्यक्ष प्रसारण गराएको आरोपमा उनीमाथि उक्त सजाय सुनाइएको हो । बलिउडमा समेत अभिनय गरिसकेकी ती नायिकाको बिहेको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

उनीमाथि ईश्वरको निन्दा गरेको आरोप लगाइएको छ । आफ्नै बिहेको प्रत्यक्ष प्रसारण गराएको र मेहन्दी लगाएको भन्दै कट्टरपन्थी संगठनले ‘एन्टी टेररिज्म’ कोर्टमा दिएका दिए । उनलाई १३ लाख पाकिस्तानी रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

यद्यपि मुलुकबाहिर रहेका कारण उनी पक्राउ परेकी छैनन् । टेलिभिजनका मालिकसहित कार्यक्रम प्रस्तोतामाथि समेत कारबाहीको आदेश भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us