पाँचवटा बिहे गरेर पाँचै पतिको हत्या गर्ने महिला

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते २:४५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– आफ्ना पतिलाई अनेक प्रकारले मारेको अभियोगमा जापानी प्रहरीले ७६ वर्षीया एक महिलालाई पक्राउ गरेको छ ।
ती महिलाले एकपछि अर्को गर्दै पाँच पुरुषसँग विवाह गरेकी थिइन् । उनको पछिल्लो पति गत वर्षको अन्त्यतिर मारिएका थिए ।

चिसाको काकेही नामकी ती महिलाका पछिल्ला पति ७५ वर्षीय गत वर्षको डिसेम्बर महिनामा मारिएका र उक्त घटनालाई एक महिनाअघि मात्र यो जाडीको विवाह गरेको बताइएको छ ।

टोकियो जिल्ला प्रहरीले पछिल्ला पतिको शव जाँच गर्दा ‘पोटासियम साइनाइड’ नामक  कडा विष फेला पारेको थियो । चिसाकोले यसअघि अलगअलग विवाह गरिसकेको जनाइको छ । विवाह गरेको केही वर्षमै प्रत्येक पतिको मृत्यु भएको थियो ।
यसअघि उनको अघिल्ला एकजना ७१ वर्षीय पतिको सन् २०१३ मा मोटरसाइकल चलाउँदा चलाउँदै मृत्यु भएको थियो । त्यतिबेला हृदयरोगका कारण उनको मृत्यु भएको आशंका गरिएको थियो ।
तर शवको विस्तृत परीक्षणपछि उनको शरीरमा ‘पोटासियम साइनाइड’ नै फेला परेको थियो ।
ती महिलाले एकपछि अर्को गर्दै धमाधम पतिलाई मार्नुको पछाडि जीवन बीमा तथा अन्य उपलब्ध आर्थिक सुविधा हत्याउन हुन सक्ने सञ्चार माध्यमले आशंका गरेका छन् ।

ती महिलाले आफ्ना पतिहरुको हत्या गरेको  स्थल पश्चिम जापानको क्योदो र ओसाका महानगर आसपास रहेको बताइएको छ ।
अन्नपूर्ण पाेस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us