बाख्रा जोगाउन बाघकाे पूजा

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ०:५५ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– आबुखैरेनी–३, पतेनी तनहुँका गाउँवासीले बाख्रा नलगोस् भन्दै बाघको भब्य पूजा गरेका छन् । बंगुरको बलि दिएर गरिएको पूजामा बाघको नाममा रगत समर्पण गरिएको हो । परम्परादेखि गरिँदै आएको पूजा भएकाले प्रत्येक वर्ष मंसिरको पहिलो बुधबार बाघ पूजा गरिने चलन रहेको स्थानीयवासी ६८ वर्षाीय शेरबहादुर मगरले जानकारी दिए ।
विवाहितले पूजा गरे बाघले दु:ख दिने मान्यता रहेकाले मगर समुदायका किशोर पुजारी राख्ने चलन रहेको उनले बताए । ‘२१ वर्षअघि मेरै दामली पदमबहादुर थापामगरले पूजा गरे’, उनले भने ‘सोही रात उनको खोरबाट बाघले घोर्ले बाख्रो लग्यो । त्यसपछि किशोरबाट पूजा गर्न थालियो ।’
प्रत्येक वर्ष गरिने बाघ पूजालाई आफूहरुले बुधबारे पूजा भन्ने गरेको र प्रत्येक घरबाट सामान उठाउनु पर्ने र नपठाउने घरको मानिसलाई बाघले दु:ख दिन्छ भन्ने मान्यता रहेको स्थानीय बासिन्दा ५३ वर्षीय दलबहादुर थापामगरले बताए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us