बुटवल, ३० कात्तिक – सार्क सिखर सम्मेलनका क्रममा लुम्बिनी आउने विदेशी सरकार प्रमुख तथा पाहुनाको सुरक्षाका लागि गौतम बुद्ध विमानस्थल भैरहवाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विमानस्थलको अति विशिष्ट कक्षमा आवतजावत गर्ने व्यक्तिका लागि हाते ‘मेटल डिटेक्टर’का माध्यमबाट जाँच सुरु गरिएको हो ।
विमानस्थल टर्मिनल नजिक रहेको सवारी पार्किङलाई टर्मिनल भवनभन्दा टाढा सारिएको छ । त्यसैगरी मुख्य प्रवेशद्वारमा विमानस्थल प्रवेश गर्ने सवारी तथा व्यक्तिलाई समेत जाँच प्रभावकारी बनाइएको छ ।
रासस