लिम्बूवानको बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते २:५७ मा प्रकाशित

सुनसरी, ३० कात्तिक– कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको हो । बन्दका कारण पूर्वपश्चिम राजमार्गसहित ती जिल्लाका सहायक मार्गमा लामो तथा छोटो दूरीका यातायातका साधन नचल्दा सर्वसाधारण हिंडेरै गन्तव्यमा पुग्न बाध्य भएका छन् ।

बन्दकर्ताको उपस्थिति नदेखिए पनि पूर्वका झापा, मोरङस सुनसरी, इलाम, पाँचथर, संखुवासभा, तेह्रथुम र धनकुटाका बजार पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन् ।

नयाँ संविधानमा अरुण पूर्वका ९ जिल्ला मिलाएर लिम्बुवान स्वायत्त राज्य घोषणा गरिनुपर्ने माग राखेर लिम्बूवान पार्टीले बन्द आह्वान गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us