मधेसी फोर्स घोषणा गर्दै किराँतीले भने, ‘संविधानसभा विघटन गर्नुपर्छ’

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १२:३८ मा प्रकाशित

Gopal_Kiratiवीरगञ्ज, २९ कात्तिक– एकीकृत माओवादी नेता गोपाल किरातीले  संविधानसभा विघटन गर्नुपर्ने बताएका छन् ।

पर्साको वीरगञ्जमा शनिबार भएको पत्रकार भेटघाटमा किराँतीले संविधानसभा असफल भइसकेकाले विघटन गर्नुपर्ने बताएका हुन् ।
संविधानसभा प्रतिक्रियावादी शक्तिको कब्जामा पुगेकाले त्यसको औचित्य समाप्त भएको उनको भनाइ थियो । किरातीले वर्तमान संविधानसभाबाट पहिचानसहितको संघीय संविधान नबन्ने घोषणा गरे ।

पत्रकार सम्मेलनमा पहिचानसहितको संघीयताका लागि दबाब दिने भन्दै मधेसी फोर्स घोषणा गरियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us