रौतहट, २९ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनको धम्की नदिन एकीकृत माओवादीलाई चेतावनी दिएका छन्
रौतहटको औरैयामा शनिबार भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आन्दोलनको धम्की दिएर एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा बञ्चरो हान्न खोजेको बताए ।
कसैको आन्दोलनको धम्कीबाट आफू नडराउने उनको भनाइ थियो । कोइरालाले नेपाली जनताले उक्साहटका भरमा कसैको पछि नलाग्ने दाबी पनि गरे ।
विकास र समृद्धि खोजिरहेका जनता कुनै दलको स्वार्थमा आन्दोलनमा नलाग्ने कोइरालाले बताए । ‘जनताले विकास चाहेको छ, कसैको उक्साहटमा आन्दोलनमा लाग्दैन’, कोइरालाले भने, ‘प्रचण्डजीहरुले आफ्नै खुट्टामा आफैं बञ्चरो हान्ने काम गरिहिनुभएको छ ।
’ कोइलाराले माघ ८ मा कुनै हालतमा संविधान जारी हुने जिकिर गरे । संविधान आउन रोक्नेलाई जनताले बहिस्कार गर्ने उनले बताए ।