बुद्धको प्रार्थना गर्दै राष्ट्रपतिले भने, ‘नेपालका नेतालाई सद्बुद्धि देऊ’

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ११:३९ मा प्रकाशित

भैरहवा,  २९ कात्तिक– राष्ट्रपति रामवरण यादवले भगवान गौतम बुद्धको कृपाले नेपालमा तोकिएकै समयमा संविधान आउने दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको शनिबार लुम्बिनीमा उदघाटन गर्दै उनले समयमै संविधान जारी होओस् भन्दै बुद्धको प्रार्थना गरे ।

g]kfnsf] y]/jfb a'l4i6 Ps]8]dL / Dofgdf/sf] l;tu' OG6/g]zgn a'l4i6 Ps]8]dLsf] ;+o'Qm cfof]hgfdf n'lDjgLdf cfh b]lv ;'? ePsf] cGt/fli6«o af}4 ;Dd]ngsf] /fi6«klt 8f= /fdj/0f ofbjn] pb3f6g ug'{x'b} . rf/ lbg ;Dd x'g] of] ;Dd]ngdf #) b];sf em08} $ ;o a9L af}4 leIf' tyf af}4 la4fjg x?sf] ;xeflutf /x]sf] 5 . ;Dd]ngdf laleGg laifodf ($ j6f sfo{kq k|:t't x'g] 5g .  t:jL/M e/t s]=;L= /f;;, a'6jnउनले दलका नेतालाई भगवान बुद्धले सदबुद्धि दिने र बुद्धबाट प्राप्त सदबुद्धिले नेताहरु समयमै संविधान बनाउन गम्भीर भएर लाग्ने विश्वास व्यक्त गरे । ‘म भगवान बुद्धसँग प्रार्थना गर्छु, राजनीतिक दलका नेतालाई समयमै संविधान बनाउन सदबुद्धि दिनुहोस् ।’

राष्ट्रपतिले मुलुकका लागि सबै जाति, धर्म र समुदायले अपनत् महसुस गर्ने संविधान चाहिएको बताए । विश्व शान्ति स्थापनाको अभियानमा बौद्ध दर्शनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै उनले हरेक मानिसले बौद्ध दर्शन आत्मसात गर्न सके विश्वबाट अशान्ति र हिंसा अन्त्य हुने विश्वास व्यक्त गरे ।

बौद्ध दर्शनलाई धर्मका रुपमा बुझ्ने गरिएको भन्दै उनले बौद्ध धर्म नभई दर्शन भएको प्रस्ट्याए ।

मंसिर २ गतेसम्म चल्ने सम्मेलनमा नेपाल, चीन, भारत, जापान, कोरियासहित करिब ३० देशका चार सय बढी बौद्ध भिक्षुको सहभागिता रहने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us