सुनसरी, २९ कात्तिक– नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पोडेल कारागार चलान भएका छन् ।
पुनरावेदन अदालत विराटनगरको आदेशमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरी पुर्पक्षका लागि जेल चलान गरेको हो ।
पौडेललाई पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्कामा राखिएको छ ।
उनीमाथि दुर्इ वर्षअघि आफ्नै सहकर्मी दुर्गा अधिकारीलाई अपहरण तथा शरीर बन्धक गराएको आरोप छ । पौडेलसँगै पक्राउ आदेश जारी गरिएका काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सूर्यकुमार राई भने फरार छन् ।
रार्इको खोजीकार्य तीव्र पारीएको इलाका प्रहरी कार्याल इटहरीका प्रमुख नायब उपरीक्षक विनोदकुमार शर्माले जानकारी दिए । पौडेलले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
तास खेल्ने क्रममा विवाद भएपछि आफूविरुद्ध अपहरण मुद्धा दर्ता गरिएको दाबी उनको छ ।