नेपालगन्ज, २८ कात्तिक – काँग्रेस नेता खुमबहादुर खड्काले मुलुकको राजनीति अब तरुणहरूको काँधमा आएको बताएका छन् ।
नेपाल तरुण दल, बाँकेले शुक्रबार आयोजना गरेको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले भने –‘संविधान निर्माणको अभियानमा तरुणहरूले राजनीतिक दललाई खबरदारी गर्नुपर्छ ।’
नेता खड्काले उग्रवाद र जनतालाई भ्रममा पार्ने दलहरू नै अहिले संविधान निर्माणका विरोधी देखिएका छन् भन्दै यस्तो भ्रम र उग्रवाद राजनीतिमा धेरै टिक्न नसक्ने बताए । रासस