अख्तियारले माग्यो शिक्षकको प्रमाणपत्र

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ४:३९ मा प्रकाशित

इलाम, २८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामका सामुदायिक विद्यालयका सबै शिक्षक शैक्षिक प्रमाणपत्र संकलन गर्न थालेको छ ।
अन्य जिल्लामा नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षक धमाधम भेटिन थालेपछि आयोगले जिशिकालाई पत्राचार गरी शिक्षकको प्रमाणपत्र माग गरेको हो ।

सरकारी अनुदानबाट तलब, भत्ता खाने सबै सामुदायिक विद्यालयका शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र तथा तालिमको प्रमाणपत्र पेस गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए ।

जिल्ला शिक्षा कार्यालयले आगामी मंसिर १५ गतेसम्म आफ्ना फाइल तयार गरी ल्याउन शिक्षकहरुलाई निर्देशन दिएको छ ।
इलाममा प्राथमिक तहमा एक हजार ५८७, निमाविमा ४२८, मावि तहमा २८० र उच्चमाविमा ४९ गरी दुई हजार ३४४ जना शिक्षक कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us