काठमाण्डु, २७ कात्तिक– भारतीय स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गरिएको छ ।
नेपाल सरकारका तर्फबाट नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित एक समारोहबीच उक्त उपाधि प्रदान गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, प्रधान सेनापति गौरवशमशेर जबरा, राष्ट्रपति कार्यालय र नेपाली सेनाका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । रासस