विश्वकै होचा नेपालका चन्द्रबहादुर र विश्वकै अग्ला सुल्तानबीच अनाैठाे भेट (फोटो फिचरसहित)

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १५:०१ मा प्रकाशित

chandra-sultan 2काठमाण्डु, २७ कात्तिक– विश्वकै होचा नेपालका चन्द्रबहादुर डाँगीले विश्वकै होचा मानिससँग भेटेका छन् ।

डाँगीले विश्वकै अग्ला प्रमाणित भएका टर्कीका सुल्तान कोसेनसँग भेटेर हात मिलाएका हुन् ।

गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएका यी दुईबीच बेलायतको लण्डनस्थित  सेन्ट थोमस अस्पतालमा भेट भएको हो । उनीहरु गिनिज बुकको chandra-sultan६० औं वर्षगाँठका अवसरमा आयोजिक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए ।

७५ वर्षीय डाँगीको उचाई साढे २१ इन्च र ३१ वर्षीय सुल्तानको उचाई ८ फिट ३ इन्च छ । भेटका अवसरमा उनीहरुले आफूहरु नजिकको साथी बन्ने बताए । सुल्तानले चन्द्रबहादुरलाई टर्की भ्रमणको निम्तो समेत दिएका छन् ।

‘हामी साँच्चै असल मित्र बनेका छौँ’, ‘सुल्तानले भनेका छन्, ‘मलाई विश्वास छ चन्द्रबहादुर टर्की घुम्न आउने छन् ।’ उनले चन्द्रबहादुरलाई भेट्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

3

4

5

6

8

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us