काठमाण्डु, २७ कात्तिक – काँग्रेस नेता गगन थापाले नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित भएकोमा पार्टीका ठूला भनिने नेतालाई कटाक्ष गरेका छन् ।
बिहिबार काँग्रेस पदाधिकारी बैठकले सार्क सम्मेलनको कारण देखाएर आउँदो कात्तिक ३० गतेबाट हुने तय भएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेका छन् । यो सातौ पटकको स्थगित हो ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असहमति व्यक्त गर्दै लेखेका छन् – ‘नेवि संघको महाधिवेशनलाई पार्टीका बोसहरुले निल्ने हिम्मत नगरेपछि यसलाई निल्न सार्क नै बोलाएर ल्याएछन् । वाह कस्तो राम्रो बहाना ।’