काठमाण्डु, २७ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले दण्डहीनता गर्ने जोकोही पनि कानुनबाट उम्कन नसक्ने बताएका छन् ।
एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाको बिहिबार ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले सशस्त्र युद्धकालमा भएका मानव अधिकार विरोधी घटनालाई पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले माफी दिन नमिल्ने स्पष्ट पारे ।
ओलीले भने, ‘नेपालको कानुनले छोएन भने अन्तर्राष्ट्रिय अपराध अदालतमा गएर पनि कारबाही हुन सक्छ । त्यसका लागि एमालेले सहयोगी भूमिका निर्वाह गर्नेछ ।’
एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीको नेतृत्वमा गएको टोलीले नयाँ बन्ने संविधान मानव अधिकारमैत्री हुनुपर्ने र तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा ध्यानाकर्षण गराएको थियो ।