बाबुरामविरुद्ध सत्तारुढ दलहरुको दगुरादगुर

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– सत्तारुढ दलका नेताहरु संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईलाई दबाब दिन दगुरादगुर गरिरहेका छन् । कांग्रेस–एमालेसहितका साना दलहरुले आफूहरुको सात प्रदेश सम्बन्धी प्रस्ताव पेश गर्न दबाब दिएका हुन् ।

Baburam-Bhattarai_AP_20120907053211
एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले बुधबारको बैठक स्थगित गरेपछि सत्तारुढ कांग्रेसा, एमाले, राप्रपा र मालेका नेताहरुको बैठक पहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । त्यसलगत्तै कांग्रेस उपसभापति रामचन्द्र पौडल, एमाले नेता माधवकुमार नेपाल, माले महासचिव सिपी मैनाली र राप्रपाका दीपक बोहोरा भट्टराईलाई भेट्न उनकै निवास सानेपा पुगेका थिए ।

उनीहरुले सभापति भट्टराईलाई भेटेर आफूहरुको प्रस्तावा संविधान सभामा लैजान आग्रह गरे । संवाद समितिको बैठक नबोलाएकोमा उनीहरुले भट्टराईको आलोचना समेत गरे ।

छलफलमा एकीकृत माओवादीका नेता शक्तिबहादुर बस्नेत पनि थिए । भेटघाटमा सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालाको सन्देश भन्दै साझा प्रस्तावलाई संविधान सभामै लैजाने वातावरण बनाउन भट्टराईलाई अनुरोध गरेका थिए ।

छलफलमा सभापति भट्टराईले भोलि शीर्ष नेताहरुबीच कुराकानी गरेरा अर्को दिन संवाद समितिको बैठक डाकेर आवश्यक निर्णय गरिने जानकारी दिएका थिए । यसैबीच रोल्पा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डलाई काठमाडौं फर्कन प्रधानमन्त्री कोइरालाले आग्रह गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us