सुसाइड नोट लेखेर किन आत्महत्या गरे अमेरिकी नागरिकले ?

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ६:३९ मा प्रकाशित

सोलुुखुम्बु, २६ कात्तिक – सोलुखुम्बुको चौरीखर्क–८ स्थित नेष्टएट लुक्ला होटलमा एक अमेरिकी पर्यटक मृत अवस्थामा भेटिएका छन् ।

इरानी मुलका ६५ वर्षीय अमेरिकी नागरिक सो होटलको कोठा नम्बर ११० मा मृत अवस्थामा भेटिएका हुन् ।

कात्तिक २१ गते नेपाल आएका अमेरिकी नागरिक २२ गते काठमाण्डुबाट लुक्ला पुगेका थिए । होटलको कोठमा बसेको उनी कात्तिक २४ र २५ गतेसम्म होटलबाट बाहिर ननिस्किएपछि होटलका मालिकले प्रहरीलाई खबर गरेका थिए । ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको छ । उनले सुसाइट नोटमा म अल्जाइमरको रोगी हुँ । म मरेपछि यो कम्प्युटर नजिकैको स्कुललाई दिनु । मलाई नेपाली मन पर्छ । म यहीँ मर्न चाहन्छु भनेर लेखेको फेला परेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us