पोखरीमा डुबेर एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ६:३४ मा प्रकाशित

ललितपुर , २६ कात्तिक – चापागाउँ गाविस–४ स्थित भन्सार पोखरीमा डुबेको अवस्थामा स्थानीय चम्पा कपालीको शव फेला परेको छ ।

शव आज बिहान भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँकी प्रहरी नायव उपरीक्षक दुर्गा सिंहले बताए ।

मृतक कपाली आज बिहान ५ बजे घरबाट हिँडेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us