चिनीमिल बाँदरको क्रिडास्थल बनेको सरकारलाई पत्तो छैन

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ८:२१ मा प्रकाशित

महोत्तरी, २५ कात्तिक – महोत्तरीको रामनगरमा अवस्थित एभरेस्ट चिनीमिल हजारौँ बाँदरको आश्रय स्थल बनेको छ ।

monkeyमिल परिसरमा रहेका ठूल्ठूला रुखमा हजाराँैको सङ्ख्यामा बाँदर वर्षभरि नै बसोवास गरेपछि चिनीमिल बाँदरहरुको आश्रय स्थलका रुपमा परिवर्तन भएको हो ।

प्रत्येक वर्ष उखु पेल्ने मौसममा उखु खाएर एवम् मिलका मेसिनहरुमा लागेको गुलियो पदार्थ चाटेर ती बाँदर बाँच्ने गर्दछन् । राति परिसरभित्र रहेका ठूल्ठूला रुखमा बस्ने गरेका छन् ।

मिलभित्र हजाराँैको सङ्ख्यामा बसोवास गर्ने ती बाँदर नजिकै गाउँमा रहेको खेतमा गई बालीनाली खाइदिने, उखेल्नेजस्ता कार्य गर्दा आफूहरुलाई बर्सेनि लाखौैँको नोक्सान हुने गरेको स्थानीय किसान दशरथ महतोले बताए ।

एक्लै वा हूल बाँधेर बाँदर धपाउन जाँदा दर्जनौँको सङ्ख्यामा खेतमा आएका बाँदरले आफूहरुमाथि नै आक्रमण गर्ने गरेको स्थानीयवासी गणेश थापाले जानकारी दिए ।

बाँदरलाई खेदेर पठाउन आफूहरुले चिनीमिल प्रशासनसामु बारम्बार लिखित र मौखिक आग्रह गरेको भएपनि मिल पक्षले कुनै सुनुवाइ नगरेको स्थानियवासीको गुनासो छ ।

विसं २०५० मा मिल स्थापना भएलगत्तै नजिकैको जङ्गलबाट सयाँैको सङ्ख्यामा आएका ती बाँदरको सङ्ख्या बढेर अहिले हजारौँ पुगेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us