काँग्रेस – एमालेले पाँच तारे होटलमा भोज खुवाएर राजदूत खुसी पारे

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ६:४५ मा प्रकाशित
काठमाण्डु, २५ कात्तिक– जातीय संघीयताको विपक्षमा रहेका कांग्रेस एमाले सहित सत्तारुढ चार दल र स्वतन्त्र सभासदहरुले राज्य पुनसंरचना सम्बन्धी आफ्नो प्रस्तावबारे अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्दै छन् ।
sushil-kp oli

कांग्रेस, एमाले, राप्रपा, विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी र दुई स्वतन्त्र सभासदले राष्ट्रसंघीय प्रतिनिधि सहित अन्य राजदूत र दातृ निकायका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको हुन् ।

कुटनीतिक निकायहरुलाई परराष्ट्र मन्त्रालयमार्फत खबर गरिएको छ । दलका नेताहरुले छलफल गर्न लागेको सन्दर्भमा मन्त्रालयले कुटनीतिक निकायमा खबर गरेको तर छलफलमा मन्त्रालयका प्रतिनिधिले भाग लिँदै छैनन् ।

अपरान्ह सोल्टी होटलमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई सात प्रदेशको औचित्यबारे जानकारी गराउन लागिएको एमाले केन्द्रीय सदस्य राजन भट्टराईले बताए ।

कांग्रेस एमालेले जातीय पहिचान स्वीकार नगरेकोमा युरोपेली युनियन सम्बद्ध राजदूतहरुले जिज्ञासा प्रकट गरिरहेको सन्दर्भमा यो छलफल हुन लागेको समाचार छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us